पौष ८ देखि १८ गते सम्म चौथो गोरखकाली पर्यटन मेला हुने
पौष ८ देखि १८ गते सम्म चौथो गोरखकाली पर्यटन मेला हुने
गोरखा ः आगामी पौष ८ देखि १८ गते सम्म चौथो गोरखकाली पर्यटन मेला हुने भएको छ ।
गोरखा नगरपालिका–६ हरमटारी खेलकुद मैदानमा ११ दिने मेला हुने आयोजक हरमटारी क्लब गोरखाले सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । करिव ३० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा १ करोडको कारोवार हुने र मेला स्थलमा १०० वटा स्टल रहने हरमटारी क्लबका अध्यक्ष जिवन गुरुङले जानकारी दिए । मेलामा ५६ लाख ५० हजार आम्दानी र ५२ लाख ४५ हजार खर्च हुने उनले बताए । मेलाबाट चार लाख ५ हजार बचत हुने आयोजकले जनाएको छ । जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप गर्न प्रयत्न गर्ने, जिल्ला भित्र रहेको विभिन्न जातीय, धार्मिक, भेषभुषा र भाषाको संरक्षण एवम जगेर्ना गर्ने, गोरखालाई पर्यटकिय जिल्लाको रुपमा बिकासमा सहयोग गर्ने लगायतका उदेश्य सहित मेला आयोजना गरिएको उनले बताए । गोरखा जिल्लामा रहेका लोपोन्मुख विविध साँस्कृतिक कार्यक्रम, औद्योगीक प्रर्दशनी, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट साँगितिक कार्यक्रम प्रस्तुत रहने पनि आयोजकले जनाएको छ । मेलाको प्रबेश शुल्क भने विद्यार्थिहरुका लागि ५० रुपैया लाग्ने छ भने अन्यका लागि १ सय रुपैया लाग्ने आयोजकले जनाएको छ । महोत्सवबाट वचेको रकमले अन्तर विद्यालय फुटवल प्रतियोगिता र गोरखकाली कप संचालनमा खर्च गरिने पनि जनाइएको छ । मेलामा दौड प्रतियोगिता, हाडी फुटाई प्रतियोगिता, विद्यालय स्तरीय नृत्य, वक्तृत्वकला प्रतियोगिता पनि हुने छ ।