बालकल्याणका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
बालकल्याणका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
गोरखा ः पालुङटार नगरपालिका–७ खत्रीटार स्थित बालकल्याण माध्यमिक विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आइतबार बिमला बिनिष्मा पन्त फाउण्डेसले कापि, कलप, पेन्सील लगायतका शैक्षिक सामाग्री प्रदान गरेको हो । विद्यालयका विपन्न १४ बालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको फाउण्डेसनका सुदिपपन्तले जानकारी दिए । कार्यक्रममा फाउण्डेसनका स्वंयसेवक अनिल खत्री, प्रकाश थापा लगायतको सहभागीता रहेको थियो । फाउण्डेसनले गत वर्ष पनि उत्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको थियो ।