गोरखा–५ मा ६१.७१ प्रतिशत मतदान
गोरखा–५ मा ६१.७१ प्रतिशत मतदान
गोरखा नगरपालिका–५ मा भएको उपनिर्वाचनमा १३ सय ७३ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिववहादुर रानाभाटका अनुसार ६१.७१ प्रतिशत मतदान भएको हो । मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको उनले बताए । गोरखा–५ मा दुइ मतदान स्थल र ३ मतदान केन्द्र रहेका थिए । गोरखकाली आधारभुत विद्यालयमा दुइ सय ५५ महिला र २०३ पुरुष गरि ४५८ मत खसेको छ । शिवशक्ति आधारभुत विद्यालय ‘क’ मा २४० महिला र २२९ पुरुष गरि ४६९ मत खसेको छ । शिवशक्ति आधारभुत विद्यालय‘ख’ मा दुइ सय ६२ महिला र १८४ पुरुष गरि ४४६ मत खसेको छ । गोरखा–५ मा दुइ हजार दुइ सय २५ मतदाता रहेका थिए ।