शहिद लखनको सवै वडामा माटो परिक्षण गरिने
शहिद लखनको सवै वडामा माटो परिक्षण गरिने
गोरखा ः शहिद लखन गाउँपालिकाको सवै वडामा माटो परिक्षण हुने भएको छ ।
आइतबार शहिद लखन गाउँपालिका–१ स्थित वक्राङमा निशुल्क माटो परीक्षण शिविर गरिएको थियो । शहिद लखन गाउँपालिका कृषि विकास शाखाको आयोजनामा शिविर भएको हो । शिविरमा कृषकहरूले लगाएको तरकारी, फलफूल तथा अन्य बालीको अवस्था बारे जानकारी संकलनका लागि माटो परिक्षण गरिएको हो । माटो परीक्षणबाट कृषकहरुको उत्पादनमा सुधार गर्न सुझाव तथा रासायनिक मल सम्बन्धी सचेतना प्रदान गरिएको गाउँपालिकाका कृषि अधिकृत नविन अधिकारीले बताए । १ नम्वर वडामा रहेका सहकारीहरूलाई पालिकाको डिजिटल एप ‘किसान चौतारी’ को सम्बन्धमा पनि अभिमुखीकरण प्रदान गरिएको उनले बताए । ‘हामीले प्रत्येक वडामा शिविर संचालनको सुरुवात गरेका छौ, त्रमश अन्य वडामा पनि माटो परिक्षण शिविर हुन्छ,’उनले भने । शाखाले निशुल्क माटो परिक्षण शिविर संचालन थालेको हो । उत्त कार्यक्रममा माटोको नाइट्रोजन, फोस्फोरस र पोटासियमको परिक्षण हुने छ । । शिविरबाट वडा नम्वर १ को माटोमा भने नाइट्रोजन तत्व कम मात्रमा पाइएको उनले बताए । शिविरमा परिक्षण मात्र नभइ माटो सुधारका लागि सुझाव पनि दिएको अधिकारीले बताए ।