धार्चे क्षेत्रमा चल्ने सवारीको भाडादर कायम
धार्चे क्षेत्रमा चल्ने सवारीको भाडादर कायम
गोरखा ः धार्चे गाउँपालिकामा संचालन हुने बोलेरो जिपको भाडादर कायम गरिएको छ । माछाखोलाबाट चल्ने बोलेरो जिपको ठाउँ अनुसारको भाडादर कायम गरिएको हो ।
बोलेरोको माछाखोला–सोती ४ सय, माछिखोला खोर्लावेसि १ सय ५०, माछाखोला तातोपानी ३ सय ५०, माछाखोला जगत ६ सय, माछिखोला सल्लेरी ७ सय, माछिखोला–नाक्चे ८ सय, माछिखोला–पाङसिङ ९ सय भाडादर कायम गरिएको छ । पठाओ सेवा दिने वाईकको पनि ठाउँ अनुसारको भाडादर तोकिएको छ । माछाखोला देखि पाङसिङ सम्म पठाओ सेवा दिने वाईकको भाडा दुइ हजार तोकिएको छ । पठाओ सेवा प्रदायक मोटरसाइकल चालकले अनिवार्य दुइ वटा हेलमेट प्रयोग गर्नुपर्ने, एक जना मात्र यात्रु राख्नुपर्ने लाइन्सेन्स, बिलबुक साथमा लिएर ट्राफिक नियमको पालना गर्न पनि निर्देशन दिइएको छ । गाउँपालिकाका जनप्रतिनिधि, यातायात ब्यवसायी सहितको बैठकले भाडा निर्धारण गरेको हो ।