सय दिने अभियानमा खटिने प्रतिनिधिलाई अभिखुखिकरण
सय दिने अभियानमा खटिने प्रतिनिधिलाई अभिखुखिकरण
गोरखा ःनेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत आइतबार वडामा खटिने वडा सभापति, पालिका सभापति, अभियानमा खटिने वडा प्रतिनिधिलाई अनुशिक्षण दिइएको छ ।
वडा सभापति,पालिका सभापति, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति तथा विभिन्न जिम्मेवारीमा रहेका हरुलाई अभिमुखिकरण दिइएको हो । केन्द्रिय प्रतिनिधि सरस्वती अर्याल र जिल्ला सभापति नन्दप्रसाद न्यौपाने लगायतले अभियान अन्तरगत वडामा हुने कार्यक्रमको वारेमा जानकारी गराएका थिए । अभियानमा दुइ सय वढी प्रतिनिधि खटिने नेपाली कांग्रेसका सचिव किशोर जंग थापाले बताए । अभियान अन्तरगत मंसिर २५ गते वडा तहमा वैठक हुने छ ।