घले हत्या घटनाको दोषि पत्ता लगाई कारवाहीको माग
घले हत्या घटनाको दोषि पत्ता लगाई कारवाहीको माग
गोरखा ः नागरिक साझा सवालले बारपाक सुलिकोट गाउँपालिका–१ बारपाककी १८ बर्षिय सुचिना घलेको हत्या घटनाको दोषि पत्ता लगाई कानुन संवत कारवाहीको माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापन पत्र वुझाउँदै हत्या भएको एक साता वित्दा सम्म घटनाको रहस्य खुल्न नसक्नु र दोषि पक्ता लगाउनु विडम्वनाको विषय वनेको जनाइएको छ । ‘यससँगै कतै दोषी उम्कने त होइन ? भन्ने गभ्भिर आशंका समेत पैदा भइरहेको सन्दर्भमा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउँदै यथासिग्र दोषी पक्ता लगाई कानुन संवत कारवाहीको माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ । गत मंसिर १५ गते शनिबार जंगल गएकी घलेको मंगलबार खाल्डोमा पुरिएको अवथामा शव भेटिएको थियो । घटना स्थलमा हत्यामा संलग्नको टोपी, डोको लगायतका केहि प्रमाणहरु समेत भेटिएको र हत्या भएको एक साता सम्म रहस्य खुल्न नसक्नु तथा दोषि पक्ता नलाग्ने विडम्वनाको विषय वनेको ज्ञापनपत्रमा उल्लेख छ । घलेको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौ पठाइएको छ । टाउकोमा गहिरो चोट देखिएको र दाहिने हातको दुइ वटा औला छिनालिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घलेको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रारभ्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । हत्या गरि खाल्डो खनेर शव गाडेको अवस्थामा फेला परेको थियो ।