बक्तृत्वकला प्रतियोगितामा तोमनडाँडा माविकी एलिसा चेपाङ पहिलो
बक्तृत्वकला प्रतियोगितामा तोमनडाँडा माविकी एलिसा चेपाङ पहिलो
गोरखा ः गण्डकी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको माध्यमिक विद्यालय तह वक्तृत्वकला प्रतियोगितामा वडा नम्वर ६ को तोमनडाँडा माविकी एलिसा चेपाङ पहिलो बनेकी छिन् ।
३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत ‘लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका’ शिर्षकमा प्रतियोगिता भएको हो । आइतबार भएको प्रतियोगितामा वडा नम्वर ६ स्थित वालकी माविका हिमाल सुनार दोस्रो बनेका छन् । वडा नम्वर ६ स्थित भद्रकाली माविका पुजन चेपाङ तेस्रो बनेको छन् भने वडा नम्वर १ को भवानी माविकी डेनिसा अधिकारीले सान्त्वना स्थान हासिल गरेकी छिन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीले क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।