अकला मन्दिर निर्माणको ८० प्रतिशत काम सकियो
अकला मन्दिर निर्माणको ८० प्रतिशत काम सकियो
गोरखा ः गोरखा नगरपालिका–१४ स्थित अकला मन्दिर निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ ।
मन्दिरको गाह्रो लगाउने काम ९५ प्रतिशत र काठको वुट्टा हान्ने काम ७५ प्रतिशत सकिएको अकला मन्दिर ब्यवस्थापन समितिका सचिव नर वहादुर खड्काले बताए । प्रसिद्ध धार्मिक स्थल अकला मन्दिर निर्माणको काम गत बर्षबाट शुरु भएको थियो । ‘गाह्रो लगाउने काम लगभग दुइ दिन जतिको छ, वुट्टा भर्ने कामका लागि समय लाग्छ,’ उनले भने । आगामी जेठ महिना भित्र मन्दिर निर्माणलाई पुर्णता दिने उनले बताए । पुरातात्विक हिसावले नै मन्दिर निर्माण गरिएको पनि उनले बताए । मन्दिर निर्माणका लािग गोरखा नगरपालिकाले १४ लाख रुपैयाँ खर्च भएको छ । अन्य रकम समितिले सहयोग संकलन गरेर निर्माण गरेको हो । ‘पहिलेको मन्दिरमा ढुङ्गा र माटोको छानो रहेको थियो, अहिले नयाँ वनाउने पित्तलले छाउने तयारीमा छौँ,’ खड्काले भने । देविथान सैलिको मंन्दिरको निर्माण भएको पनि उनले बताए ।