शैक्षिक भ्रमण गर्नेको रोजाईमा संग्रहालय
शैक्षिक भ्रमण गर्नेको रोजाईमा संग्रहालय
मंसिर महिनामा मात्र १२ हजार पाँच सय विद्यार्थीले संग्रहालयको अवलोकन गरे
गोरखा ः शैक्षिक भ्रमण गर्ने विद्यार्थीको रोजाईमा गोरखा संग्रहालय परेको छ ।
शैक्षिक भ्रमणको सिजन मानिने कात्तिक र मंसिर महिना संग्रहालय घुम्ने विद्यार्थीको चाप वढेको हो । मंसिरको एक महिनाको अवधिमा मात्र १२ हजार पाँच सय ५९ जना विद्यार्थीले अवलोकन गरेको संग्रहालयको तथ्याङ्कमा उल्लेख छ । कात्तिक महिनामा ७ हजार ६ सय २० जनाले संग्रहालयको अवलोकन गरेका थिए । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र २२ हजार तिन सय ४८ विद्यार्थीले संग्रहालयको अवलोकन गरे । चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्म ५३ हजार ८४ आगन्तुकले संग्रहालयको अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा सवै भन्दा बढी पर्यटकको आवागमन भएको तथ्याङ्कले देखाउँछ । मंसिर महिनामा १२ हजार ५ सय ५९ विद्यार्थी सहित २१ हजार २ सय एक जनाले संग्राहलयको अवलोकन गरेको छन् । मंसिरमा नेपाली पर्यटक ८ हजार २ सय ७७, विदेशी पर्यटक ३ सय ५२ र सार्क राष्ट्रका १३ जनाले संग्राहलय अवलोकन गरेका हुन् । त्यस्तै श्रावण महिनामा विद्यार्थी ६ सय ५४, नेपाली पर्यटक ५ हजार ९ सय ९०, विदेशी पर्यटक ५५ र सार्क राष्ट्रका ७ गरि ६ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । भदौ महिनामा विद्यार्थी ९ सय ६, नेपाली पर्यटक ४ हजार ६ सय २४, विदेशी ५४ र सार्क राष्ट्रका २ गरि ५ हजार ४ सय ८६, असोज महिनामा विद्यार्थी ६ सय ९, नेपाली पर्यटक ३ हजार ३ सय ९५, विदेशी १ सय १३ र सार्क राष्ट्रका १३ गरि ४ हजार, एक सय ३०, कार्तिक महिनामा विद्यार्थी ७ हजार ६ सय २०, नेपाली पर्यटक ७ हजार ४ सय ८२, विदेशी पर्यटक ३ सय ५६ र सार्क राष्ट्रका ३ गरि १५ हजार ४ सय ६१ जनाले संग्राहलयको अवलोकन गरेको तथ्याङकमा उल्लेख छ । ५ महिनाको अवधिमा संग्राहलयले १० लाख ९२ हजार ६ सय ३० रुपैया राजश्व संकलन गरेको छ । २२ हजार ३ सय ४८ विद्यार्थीबाट २ लाख २३ हजार ४ सय ८०, नेपाली पर्यटक २९ हजार ७ सय ६८ जनाबाट ७ लाख ४४ हजार २ सय, विदेशी पर्यटक ९ सय ३० जनाबाट ९३ हजार र सार्क राष्टूका ३८ जनाबाट एक हजार ९ सय, नेपाली भिडियो ५ बाट एक हजार, सार्क र विदेशी क्यामरा ७३ बाट १४ हजार ६ सय राजश्व संकलन भएको छ । कात्तिक र मंसिर महिना शैक्षिक भ्रमण गर्ने सिजन भएकाले विद्यार्थीको संख्या वढेको संग्रहालयको प्रमुख जयनारायण कार्कीले बताए । भ्रमण गर्ने आगन्तुकले संग्रहालयको प्रदर्शनी कक्षमा नेपाल एकीकरणको क्रममा प्रयोग भएका हातहतियार, द्रब्यशाह देखि पृथ्वीनारायण शाह सम्मका राजाहरुको जन्मकुण्डली, प्राचिन भाडावर्तन, विभिन्न जातजातिको डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष, प्रचीन वाजाहरु राखिएको उनले बताए ।