धार्चेको अस्पतालमा भिडियो एक्स–रे सेवा पनि शुरु
धार्चेको अस्पतालमा भिडियो एक्स–रे सेवा पनि शुरु
गोरखा ः धार्चे गाउँपालिका–३ खोर्लावेशी थित धार्चे आधारभुत अस्पतालमा एक्सरे सेवा पनि शुरु भएको छ ।
वुधबारबाट एक्सरे सेवा शुरु भएको हो । खोर्लावेशीमा पौष पहिलो साताबाट आधारभुत अस्पताल संचालनमा आएको थियो । सो अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, सामान्य चिकित्सा सेवा, ओपिडी सेवा, प्रसुति सेवा, ल्याब सेवा, खोपसम्बन्धी सेवा, दन्त सेवा, इसिजी, एक्स(रे, भिडियो एक्स(रे, फार्मेसी सेवा उपलब्ध हुने बताइएको छ । पोष्टमार्टम र शव परीक्षण सेवाहरू पनि उपलब्ध हुने पालिकाले जनाएको छ । आधारभूत अस्पताल संचालनमा आएसँगै धार्चे र चुमनुब्रीका स्थानीय बासिन्दालाई पनि स्वास्थ्य सेवा लिन निकै सहज हुने अपेक्षा गरिएको छ ।