गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा मास्के
गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा मास्के
पदाधिकारी सहित सवै पदमा एकल उम्मेदवारी
गोरखा ः गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवान वावु मास्के चयन भएका छन् ।
संघको ४९ औँ बार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनबाट अध्यक्षमा मास्के निर्वाचित वनेका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दन वावु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ, सह–कोषाध्यक्षमा बसन्त वस्नेत चयन भए । त्यस्तै सदस्य(महिला)मा सुशीला श्रेष्ठ, सदस्य(वस्तुगत) मा पर्व वहादुर विश्वकर्मा, सदस्य (एशोसियट) मा विक्रम वस्नेत, सदस्यमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्ण बहादुर गुरुङ, दिपक कुमार श्रेष्ठ(अनु) मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोला प्रसाद मरहट्टा र सोम कोइराला निर्वाचित वनेका छन् । १९ सदस्यीय कार्य समिति एकल उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दवाडीले जानकारी दिए । ‘वुधबार १० देखि ४ वजे सम्म उम्मेदवारी दर्ताको कार्यक्रम थियो, सो अवधिमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको छ,’ उनले भने । आज (विहिबार) दावि विरोधको कार्यतालिका रहेको छ । आधिकारीक रुपमा घोषणा भने वाँकी नै रहेको उनले बताए । संघको ४९ औँ बार्षिक साधारण सभा तथा १७ औँ अधिवेशन पौष ५ र ६ गते तोकिएको छ । साधारणसभाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने तय भएको छ ।