लाप्राकमा भलिबल प्रतियोगिता आजबाट शुरु हुने्
लाप्राकमा भलिबल प्रतियोगिता आजबाट शुरु हुने्
विजेतलाई ८० हजार नगद पुरस्कार
गोरखा ः धार्चे गाउँपालिका–४ लाप्राकमा तमु ल्होसारको अवसरमा हुने जिल्ला स्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु हुने भएको छ ।
तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समिति तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता मंगलबार (आज)बाट शुरु हुन लागेको हो । सोमबार ल्होसारका अवसरमा गाउँका आमा समुह, क्लव र विभिन्न संघ सस्थाले झाँकी सहितको ¥याली निकालेका थिए । ल्होसारको अवसरमा मंगलबारबाट शुरु हुने भलिवल प्रतियोगिता १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ १५ टिम दर्ता भइसकेको र दर्ता गर्ने क्रम जारि रहेको आयोजकले जनाएको छ । भलिवलमा २३ भन्दा बढी टिमले सहभागिता जनाउने अनुमान गरिएको छ । त्यस्तै महिला तर्फ भने ३ टिम दर्ता भइसकेको र दर्ता क्रम जारि रहेको आयोजकले जनाएको छ । जिल्लास्तरीय पुरुष तर्फको भलिबल प्रतियोगितामा पहिलो हुने टिमले ८० हजार नगदको सातमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुनेले ४५ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने तेस्रो हुने टिमले ३५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला तर्फ पहिलो हुनले टिमले २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै दोस्रोले १५ हजार नगद साथमा टूफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने तेस्रोले १० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेे छन् । उत्त कार्यक्रमको अवसरमा छेलो फाल्ने, डोरी तान्ने, हाँडी फुटाई, बाँस चडाई र रनिङ नाँच पनि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेले लोकल भाले, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ३ हजार, २ हजार र एक हजार नगदको साथमा मेडलर प्रमाणपत्र प्राप्त गर्ने छन् ।