तेस्रो कोटदेवी कप फुटबल प्रतियोगितामा कौदी एफसि विजयी
तेस्रो कोटदेवी कप फुटबल प्रतियोगितामा कौदी एफसि विजयी
गोरखा ः शहिद लखन गाउँपालिका–६ स्थित घैरुङमा भएको तेस्रो कोट देवी फुटबल प्रतियोगिताको उपाधि कौदी एफसिले जितेको छ ।
मण्डली युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा कौदी एफ सिले मण्डली युवा क्लव (ए) लाई २–० गोल अन्तरले हराएको हो । पहिलो बनेको कौदी एफसिले ५० हजार नगदको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेको मण्डली युवा क्लव (ए)ले २५ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै मण्डली युवा क्लवका सर्वाधिक गोलकर्ता सुवाश तामाङ, कौदि एफ सिका उत्कृष्ट खेलाडी रोसन श्रेष्ठ र उत्कृष्ट गोलरक्षक भत्त गुरुङले भने ट्रफी पुरस्कार प्राप्त गरेका छन् । सोमबार नै भएको सेमिफाइन खेलमा बतासे एफसिलाई मण्डली युवा क्लव (ए)ले १–० गोल अन्तरले हरनउदै मण्डली युवा क्लव (ए) फाइनल पुगेको थियो । त्यस्तै कौदी एफसिले मण्डली युवा क्लव (वि) लाई पेनाल्टीमा हराउदै फाइनल पुगेका थियो ।