नेपाल पुस्तक तथा स्टेशनी ब्यवसायी गण्डकी प्रदेशको छैंठौं साधारण सभा सम्पन्न
नेपाल पुस्तक तथा स्टेशनी ब्यवसायी गण्डकी प्रदेशको छैंठौं साधारण सभा सम्पन्न
गोरखा ः गोरखामा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको छैंठौं साधारण सभा सम्पन्न भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका महासचिव प्रदिप खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुर प्रसाद शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरीएको छ । ९ वटा जिल्लाका अध्यक्ष, सचिव लगायतको साधारणसभा उपस्थीति रहेको थियो । शनिबार नेपाल पुस्तक तथा स्टेशनरी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सदस्य किसान श्रेष्ठ, गण्डकी प्रदेशका सल्लाहाकार संयोजक दुर्गा कुमार श्रेष्ठ, गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष लिला राम गौतम, प्याब्सन गण्डकीका उपाध्यक्ष सिताराम तिवारी, गोरखा जिल्ला अध्यक्ष दामोदर घिमिरे लगायतले मन्तब्य राखेका थिए ।