म्याराथुन दौडमा १६ लाख खर्च
म्याराथुन दौडमा १६ लाख खर्च
गोरखा ः मनकामनाबाट गोरखा दरवार सम्म भएको खुल्ला म्याराथुन दौड प्रतियोगिता संचालनका लागि १६ लाख ३८ हजार खर्च भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंसिर २९ गते प्रतियोगिता भएको थियो । उत्त प्रतियोगितामा १०५ जना धावकले सहभागीता जनाएका थिए । जिल्ला खेलकुद विकास समितिले शुक्रबार खर्च विवरण सार्वजनिक गरेको हो । कार्यक्रमका विजेतलाई पुरस्कार वितरणका लागि मात्र पाँच लाख ९४ हजार खर्च भएको समितिका अध्यष शान्तसिं वस्नेतले बताए । उद्घाटन तथा समापन कार्यक्रममा ४० हजार, प्राविधिक लाई पारिश्रमिक ५४ हजार, स्वंयसेवकका लागि २५ हजार,जर्सि तथा ट्र¥याक सुटमा तिन लाख ७५ हजार,प्रचार प्रसारमा ७५ हजार रुपैयाँ खर्च भएको छ । मेडल तथा प्रमाणपत्रमा २० हजार,प्रस्तावना लेखन र छपाईमा ४० हजार, भिडियोग्राफी डिजिटलमा एक लाख २० हजार, अतिथि सत्कार तथा होटल खर्चमा एक लाख, मेडिकल मा ३० हजार, फिजियो थेरापीमा ४० हजार, यातायात खर्च एक लाख र मसलन्द तथा अन्य खर्च २५ हजार रुपैयाँ भएको उनले बताए । ‘प्रदेश सरकारबाट ४लाख ५० हजार प्राप्त भएको छ, अन्य रकम जुटाउँदै छौँ,’ उनले भने ।