आठ विद्यालयमा अक्षयकोष स्थापना
आठ विद्यालयमा अक्षयकोष स्थापना
गोरखा ः गोरखा सेवा समाज नेपालले जिल्लाका ८ विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । प्रति विद्यालय ५०÷५० हजारको अक्षयकोष स्थापना गरिएको गोरखा सेवा समाज नेपालका अध्यक्ष गणेश बानियाले जानकारी दिए ।
विद्यालयका शैक्षिक स्तर वृद्धि तथा विपन्न विद्यार्थीलाई सहयोगका लागि अक्षयकोष स्थापना गरिएको उनले बताए । गोरखा सेवा समाज कतार द्धारा गोरखा सेवा समाज नेपाललाई स्वास्थ्य र शिक्षामा सहयोग पुग्ने गरि २५ लाखको अक्षयकोष स्थापना गरिएको थियो । उत्त अक्षयकोषबाट प्राप्त ब्याजलाई विद्यालयहरुमा अक्षयकोष स्थापना गरिएको उनले बताए । अजिरकोट गाउँपालिकाको घ्याच्चोक स्थित धनसिरा माबि, गण्डकी गाउँपालिकाको भुम्लिचोक स्थित तोमन डाडा माबि, गोरखा नगरपालिका स्थित त्रिभुवन पुस्तकालय र गोरक्षनाथ बौधिक गुरुकुल बिद्यालय, शहिद लखन गाउँपालिकाको नाम्जुङ्ग स्थित जनशक्ति माबि, भिमसेन थापा गाउँपालिका बोर्लाङ्ग स्थित सरस्वति माबि, सिरानचोक गाउँपालिका छोप्राक स्थित मण्डलि मा बि र बारपाक सुलिकोट गाउँपालिका ताकु स्थित अन्तरज्योति माविमा अक्षयकोष स्थापना गरिएको उनले बताए ।