गोरखा–काठमाडौ एकिकरण मार्गमा नेपाली सेनाको पदयात्रा
गोरखा–काठमाडौ एकिकरण मार्गमा नेपाली सेनाको पदयात्रा
गोरखा ः नेपाली सेनाले गोरखादेखि काठमाडौ सम्मको एकिकरण पदमार्गमा यात्रा शुरु गरेको छ ।
पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले आइतबारबाट पदयात्रा शुरु गरेको हो । गोरखा दरवारको हनुमान भञ्याङबाट शुरु भएको पहिलो खण्ड अन्तरगत घाटवेसी सम्मको यात्रा आइतबार भएको छ । नेपाली सेनाको रिपुमर्दन गणले पहिलो दिन गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङ सम्म २३ किलोमिटर यात्रा गरेको छ । बोर्लाङघाट पुगेर धादिङको तर्फको टोलीलाई टर्च र झण्डा हस्तान्तरण गरिएको थियो । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी मधुकर सिंह कार्की र गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले यात्रामा सहभागीलाई टर्च र झण्डा हस्तान्तरण गरेका थिए । जिल्लागत हस्तान्तरण हुँदै अघि वढ्ने पदयात्रा धादिङ, नुवाकोट हुँदै पौष २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा टर्च र झण्डा सहितको टोली सहभागी वन्ने छ । कार्यक्रममा जिल्ला समन्वय नेपाली सेनाका उपरथी कार्की, समितिका प्रमुख मोहन वहादुर थापा,गोरखा नगरपालिकाका मेयर राना, उपमेयर मसली मायाँ थोकर, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल लगायतको सहभागीता रहेको थियो ।