बालवालिकालाई न्यानो कपडा वितरण
बालवालिकालाई न्यानो कपडा वितरण
गोरखा ः गोरखा नगरपालिका–५ को वडा कार्यालयले १५ जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकोछ ।
वोहोरावेसी बाल विकास केन्द्रमा अध्ययन गर्ने बालवालिकालाई १५ वटा ज्याकेट र टोपी वितरण गरिएको वडा अध्यक्ष विष्णु रानाले बताए । जाडाको वेला बालवालिकालाई न्यानोका लागि कपडा वितरण गरिएको उनले बताए । वडाभरीका ६० देखि ७० जना बालवालिकालाई न्यानो कपडा बाड्ने कार्यालयको तयारी छ । सोमबार वोहोरावेसीमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण वहादुर राना, वडा अध्यक्ष विष्णु राना, वडा सदस्य लोह वहादुर थापा मगर, हरिराम पोखरेल, टोल विकास संस्थाका अध्यक्ष शिव श्रेष्ठ लगायतको सहभागीता रहेको थियो