शहिद लखन गाउँपालिका द्धारा राष्ट्रिय खेलाडीलाई सम्मान
शहिद लखन गाउँपालिका द्धारा राष्ट्रिय खेलाडीलाई सम्मान
गोरखा ः शहिद लखन गाउँपालिकाले राष्ट्रिय खेलाडी विनोद श्रेष्ठलाई सम्मान गरेको छ ।
आइतबार दोसल्ला र प्रमाणपत्र साथ श्रेष्ठलाई सम्मान गरीएको हो । इन्डोनोसियाको जकार्तामा भएको गाम्मा बल्ड मिक्स मार्सल आर्टस च्याम्पियनसिपको फाइनलमा ७० केजी समुह विधामा नेपालबाट सहभागी भइ रजत पदक प्राप्त गरेको श्रेष्ठलाई सम्मान गरिएको हो । शहिद लखन गाउँपालिका वडा नम्वर ८ का श्रेष्ठलाई सोमबार कार्यपालिकाको बैठकको अवसरमा गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रशासकीय अधिकृत बाबुराम मगर लगायतको उपस्थीतिमिा सम्मान गरीएको हो ।