भिमसेन थापा गाउँपालिकामा पशुको स्वास्थ विमा गरिने
भिमसेन थापा गाउँपालिकामा पशुको स्वास्थ विमा गरिने
गोरखा ः भिमसेन थापा गाउँपालिका सवै किसानका पशुको स्वास्थ्य विमा गरिने भएको छ ।
गाउँपालिकाले आइतबारबाट पशु स्वास्थ्य घुम्ती शिविर शुरु गरेको छ । आठ वटै वडामा हुने शिविरमा पशु बिमा, गोबर परिक्षण, थुनेलो परिक्षण र आबश्यक परामर्श तथा उपचार सेवा दिने पालिकाका पशु सेवा शाखाका बलराम राज राजवंशीले बताए । पहिलो दिन सोमबार भिमसेन थापा गाउँपालिका,४ मा बाख्रा, भैंसी र पाडापाडी ५३ वटाको पशु बिमा गरिएको छ । १ वटा पशुवस्तुको गर्भ परीक्षण तथा १३ वटा विविध पशुको चेकजाँज तथा औषधि वितरण गरिएको उनले बताए । मंगलबार (आज) पनि वडा नम्वर ४ मा नै शिविर सन्चालन हुने उनले बताए । उनका अनुसार पौष २४ र २५ वडा नम्वर ३, २५ गतेबाट २७ गते सम्म वडा नम्वर २, माघ २ र ३ गते वडा नम्वर १, ४ देखि ६ गते सम्म वडा नम्वर ५, ६ र ७ वडा नम्वर ६, ८ र ९ गते सम्म वडा नम्वर ७ मा १० गते र वडा नम्वर ८ मा ११ गते शिविर सन्चालन हुने उनले बताए । शिविरमा गाउँपालिकाका पशु प्रविधिकहरु घर÷घरमा पुगेर पशु पन्छीहरुको उपचार गर्ने तथा औषधि वितरण निशुल्क गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए । शिविर सन्चालनका लागि पालिकाले ३ लाख बजेट विनियोजयन गरेको छ । पशुवस्तुहरुको पुर्ण पशु बिमा गर्ने लक्ष्यका साथ शिविर सन्चालन गरिएको अधिकारीले बताए । “कृषि÷पशु स्वास्थ्य घुम्ती शिविर तथा गाउँ टोल घर(घरमा कृषि÷ पशु प्राविधिक सेवा” भन्ने कार्यक्रम तय गरि कार्यक्रम शुरु गरीएको हो ।