सिम्जुङ–घ्याच्चोक सडकको ६५ प्रतिशत काम सकियो
सिम्जुङ–घ्याच्चोक सडकको ६५ प्रतिशत काम सकियो
७.३ किलोमिटर सडक चालु आर्थिक वर्ष मित्रै कालोपत्रे गर्ने लक्ष्य
गोरखा ः सिम्जुङ–महभिर–घ्याच्चोक सडक कालोपत्रेको काम शुरु भएको छ ।
२०८० असार मा ठेक्का सम्झौता गरि सडक कालोपत्रेको काम शुरु गरिएको थियो । हाल सम्म उत्त सडकको ६५ प्रतिशत काम सकिएको पुर्वाधार कार्यालय गोरखाले जनाएको छ । अजिरकोट गाउँपालिका–४ सिम्जुङ र वडा नम्वर १ को घ्याच्चोक सम्मको ७.३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्रेको जिम्मा एम÷यस कर्ण(नव कान्तिुर जे.भीले पाएको छ । २०८२ असार सम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडकको कामले तिव्रता पाएको कार्यालयले जनाएको छ । उत्त सडकको स्टूक्चर निर्माणको काम ८५ प्रतिशत सकिएको कार्यालयका इन्जीनियर कपिल काप्रीले बताए । सडकको वित्तिय प्रगति ६३.१५ प्रतिशत रहेको काप्रिले जानकारी दिए । ‘हाल सम्म २३ करोड ३ लाख ८३ हजार ६ सय रुपैयाँ भुक्तानी भएको छ,’ उनले भने । चालु आर्थिक वर्ष भित्रै सडक निर्माणको काम सक्ने लक्ष्य राखिएको काप्रिले बताए । सिम्जुङ देखि घ्याच्चोक सम्म आरसिसि ढलान १.६ कि.मि र ५.७ किलोमिटर सडक कालोपत्रे हुने उनले बताए । निर्माणाधिन सडकको चौडाई ५.२५ मिटर हुने र नाली १ मिटर रहने उनले बताए । हाल सम्म नाली ३.८ कि.मि सम्पन्न भइसकेको छ । १ कि.मि गा्रवेल गर्ने काम पनि सम्पन्न भएको काप्रीले जानकारी दिए ।आर्थिक बर्ष २०८१÷०८२ मा १८ करोड रुपैयाँ उत्त सकडकका लागि विनियोजन भएको पनि उनले बताए । धुले सडक कालोपत्रे भएपछि महभिर, घ्याच्चोक, सिम्जुङ क्षेत्रका स्थानीयलाई आउजाउमा सहज वन्ने अपेक्षा राखिएको छ । सडक चौडा गर्ने, रिटर्निङ वाल लगाउने नाला निर्माण लगायतको कार्य भइरहेको कार्यालयले जनाएको छ ।