अन्तर विद्यालय फुटबल लिग सम्पन्न
अन्तर विद्यालय फुटबल लिग सम्पन्न
गोरखा ः गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तर्गत ओसन क्लवको आयोजनामा भएको अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार अन्तर विद्यालय यु–१३ फुटबल प्रतियोगिता तर्फ द ओल्ड क्यापिटल मावि र लक्ष्मी सामुदायिक शिक्षा सदन विच भएको खेलमा ५–० गोल अन्तरले द ओल्ड क्यापिटल मावि विजयी बनको छ ।
प्रतियोगिताका विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको ओसन क्लवका अध्यक्ष अमित खत्रीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत प्लेट च्याम्पियनसिपको उपाधि भने महालक्ष्मी माविले हात पारेको छ । प्रतियोगितामा सरस्वति मावि आहालेलाई २(० गोल अन्तरले हराउदै महालक्ष्मी मावि विजयी भएको खत्रीले जानकारी दिए । विजेता विद्यालयलाई टूफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै अन्तर विद्यालय छात्रा फुटबल लिग तर्फ भने रत्नलक्ष्मी मावि विजय बनेको छ । रत्नलक्ष्मी माविले महालक्ष्मी माविलाई २(१ गोल अन्तरले हराउदै रत्नलक्ष्मी मावि विजय बनेको हो । प्रतियोगिताका विजेतालाई गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, वडा नं. ९ का वडाध्यक्ष कुल बहादुर कुवर लगायतले पुरस्कार वितरण गरेका थिए ।