सरस्वती माविको स्वर्ण महोत्सव शुरु
सरस्वती माविको स्वर्ण महोत्सव शुरु
गोरखा ः गोरखा नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३ औं अभिभावक दिवस शुरु भएको छ ।
सोमबारबाट ११ गते सम्म विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाइने विद्यालयले जनाएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका विच महोत्सवको उद्घाटन गरे । पहिलो दिन हरमटारी देखि विद्यालय सम्म झाँकी सहितको ¥याली पनि निकालिएको थियो । स्वर्ण जयन्ती समारोहको पहिलो दिन ब्यवस्थापन समितिका पुर्व अध्यक्ष, पुर्व शिक्षक, पुर्व प्रधानाध्यापक, चन्दादाता, जग्गा दातालाई सम्मान गरिएको थियो । आज पुर्व विद्यार्थी, शिक्षक,पुनर्मिलन तथा अभिभावक समारोह, सास्कृतिक कार्यक्रम हुने छ ।