अल्ट्रा ¥याफ्टीङ म्यारथन’ प्रतियोगिता शुरु
अल्ट्रा ¥याफ्टीङ म्यारथन’ प्रतियोगिता शुरु
गोरखा ः फिस्लीङ स्थित त्रिशुली नदिबाट देवघाट सम्म ‘अल्ट्रा ¥याफ्टीङ म्यारथन’ प्रतियोगिता शुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा प्रतियोगिता भएको हो । वुधबार गण्डकी गाउँपालिका–६ भुम्लीचोकबाट सिमलताल सम्म प्रतियोगिता भएको छ । दुई दिन (वुधबार र विहिबार) सम्म ¥याफ्टीङ र शुक्रबार कायक प्रतियोगिता हुने छ । प्रतियोगितामा ६ टिमले सहभागीता जनाएका छन् । कोषि, वाग्मती, गण्डकी र नेपाली सेनाको टिमले प्रतियोगितामा सहभागीता जनाएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीका साहसिक खेलकुकद संयोजक बसन्तराज दवाडीले बताए । फिस्लीङबाट देवघाट सम्मको ५० किलोमिटर दुरीमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पहिलो हुने टिमले ६० हजार दोस्रोले ४० हजार, तेस्रोले २० हजार र सान्त्वना हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । शुक्रबारबाट हुने कायक प्रतियोगितामा २७ जनाले सहभागीता जनाउने दवाडीले बताए । कायक प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश ३० हजार, २० हजार १० हजार र ५ हजार पुरस्कार पाउने छन् । ¥याफ्टीङ प्रतियोगिताका विजेतालाई आज विहिबार देवघाटमा हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ । मनकामनाबाट देवघाट सम्मको क्षेत्रलाई जोडेर अल्टूा ¥याफ्टीङ म्यारथन आयोजना गरिएको हो ।