भलिबल प्रतियोगिताको उपाधि घले हाव्रेस्टीङलाई
भलिबल प्रतियोगिताको उपाधि घले हाव्रेस्टीङलाई
गोरखा ः धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा संचालित ऐतिहासिक तातोपानी मेलाको अवसरमा भएको भलिबल प्रतियोगिताको उपाधि हाव्रेस्टीङ क्लवले जितेको छ ।
लार्के मनास्लु युवा क्लवको आयोजना र मालकुन्दि महिला समुहको सहआयोजनामा भएको प्रतियोगितामा धार्चे गाउँपालिका–७ घले हाव्रेस्टीङ पहिलो बनेको हो । शनिबार घले हाव्रेस्टीङ युवा क्लवले भुमि सेम्राङ्ग युवा क्लवलाई हराउदै विजयी वनेको क्लवले जनाएको छ । पहिलो बनेको घले हाव्रेस्टीङ युवा क्लवले एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । दोस्रो बनेका भुमि सेम्राङ्ग युवा क्लवले भने ५० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा घार्चे गाउँपालिका– ४ लाप्राकको स्नोकर हाउस तेस्रो बनेको छ । तेस्रो बनेका टिमले भने ४० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै खुल्ला नृत्य प्रतियोगिता भने धार्चे गाउँपालिका–२ की मिरा घले पहिलो बनेकी छिन् । धार्चे गाउँपालिका–३ की प्रस्तीला गुरुङ र अनिसा गुरुङ दोस्रो बनेकी छन् भने धार्चे गाउँपालिका–२ का रेमन घले तेस्रो बनेका छन् । पहिलो, दोस्रो र तेस्रो बनेका प्रतियोगिले ६ हजार , ४ हजार र २ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला समूह स्तरीय नृत्य प्रतियोगिता तर्फ भने धार्चे गाउँपालिका–५ माछिखोला महिला समूह पहिलो बनेको छ । धार्चे गाउँपालिका–२ रुनचेतका बुहारी समूह दोस्रो र धार्चे गाउँपालिका–२ केरैजाका सेम्जेङ आमा समूह तेस्रो बनेको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो बन्ने टिमले क्रमश १५ हजार, १० हजार र ५ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।