गोर्खाली रनिङ कपको तयारी पुरा
गोर्खाली रनिङ कपको तयारी पुरा
गोरखा ः फागुन ७ गते(भोली)बाट हुने द अन्नपुर्ण स्कुल नवौ गोर्खाली रनिङ कपको सम्पुर्ण तयारी सकिएको छ ।
खेल मैदान सम्माउने, टिम दर्ता लगायतको सवै तयारी सकिएको आयोजक हरमटारी क्लवले जनाएको छ । वुधबार उद्घाटन खेल द ग्लोवल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लव चितवन विच हुने आयोजक हरमटारी क्लवका महासचिव किरण ढकालले बताए । पहिलो दिन एक खले हुने छ । दोस्रो दिन सतिपिपल क्लव र सुर्योदय युवा क्लव छेवेटार विच खेल हुने छ । त्यस्तै अर्को खेल रिपुमर्दन गण र लक्ष्मिवजार हट क्लव विच हुने छ । प्रतियोगितामा १४ टिमको सहभागीता जनाएका छन् । चाइनिज धारा फेमेली क्लव, समिचौर युथ क्लव, न्यू जनसाहारा युथ क्लव देउराली, सुर्यपुर एफसी चितवन, द हिमालय वगैचा आरुघाट, न्यू दौतरी युथ क्लव चित्रेपोखरी, हरमटारी क्लव र गण्डकी प्रदेश स्तरीय पुलिस टिमको सहभागीता रहने छ । फाइनल खेल फागुन १४ गते हुने क्लवले जनाएको छ ।