नेवा ः देय् दबूको अध्यक्षमा पुनः श्रेष्ठ
नेवा ः देय् दबूको अध्यक्षमा पुनः श्रेष्ठ
गोरखा ः नेवा ः देय् दबू जिल्ला कार्य समितिको गोरखाको अध्यक्षमा पुनः देवी प्रसाद श्रेष्ठ चयन भएका छन् ।
नेवा ः देय् दबू जिल्ला कार्य समिति गोरखाको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ सहिद १६ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको हो । सोमबार भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्षमा सिताराम श्रेष्ठ, महिला उपाध्यक्षमा कोमल श्रेष्ठ, महिला सचिवमा बिमला श्रेष्ठ र कोषाध्यक्षमा रुषबावु जोसी चयन भएका छन् । सदस्यहरुमा कृष्ण श्रेष्ठ, गणेशमान श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, थिरभक्त श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, बुद्ध शाही, कल्पना श्रेष्ठ, गौतम श्रेष्ठ र रिता श्रेष्ठ चयन भएका छन् । कार्यक्रममा केन्द्रिय समितिका बरिष्ट उपाध्यक्ष चन्द्र लाल राज भण्डारी, केन्द्रिय सदस्य विद्या मास्के, जनजाति महासंघका अध्यक्ष विष्णु राना मगर, प्रदेश सल्लाहकार भगवान बाबु मास्के, प्रदेश सचिव पुष्पा श्रेष्ठ, जिल्ला सल्लाहाकार मोहन लाल श्रेष्ठ, पत्रकार महासंघ गोरखा शाखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, नेवा मिस दबू जिल्ला अध्यक्ष सुर्य माया श्रेष्ठ, नगर समिति अध्यक्ष राहुल बज्राचार्य र पालिका समिति अध्यक्ष प्रेम बहादुर श्रेष्ठले मन्तब्य राखेका थिए ।