एसि फ्रिज मर्मत तालिम संचालन
एसि फ्रिज मर्मत तालिम संचालन
गोरखा ः गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायीक प्रतिष्ठान पोखराको आयोजना तथा गोरखा उद्योग वाणिज्य संघको समन्वयमा एक महिने निशुल्क एसि फ्रिज मर्मत तालिम शुरु भएको छ ।
सोमबार भएको तालिम उद्घाटन कार्यक्रममा गोरखाका नगरपालिकाका प्रमुख कृष्णवहादुर राना, उपप्रमुख मसलीमाया थोकर, संघका अधयक्ष भगवान वावु मास्के, गण्डकी प्राविधिक तथा व्यावसायिक प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गी, संघका निर्वतमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । तालिममा २५ जनाले सहभागीता जनाएका छन् । तालिमका वक्ताहरुले शिपलाई व्यवसायीक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।