‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न
‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न
गोरखा ः मानव सेवा आश्रमको निर्माणाधिन भवन निर्माणलाई पुर्णता दिने उदेश्ये मंगलबार ‘मिट एण्ड ग्रिट’ कार्यक्रम भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, हास्यकलाकार मनोज गजुरेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हास्यकलाकार गजुरेलको प्रस्तुती रहेको थियो । गोरखा नगरपालिका–८ मा निर्माणाधिन भवन निर्माणको ७५ प्रतिशत कम सम्पन्न भएको छ । वाँकी काम सम्पन्नका लागि रकम जुटाउने उदेश्यले कार्यक्रम भएको हो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने ब्याक्तिलाई सम्मान पनि गरिएको थियो । मानव सेवा आश्रमको गोरखा शाखामा ३६ जना बालवालिका छन् । भवन निर्माण पुरा गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको मानव सेवा आश्रमका राम्जी अधिकारीले बताए ।