जमिन वाझोँ र घर रित्तो बने ः मुख्यमन्त्री पाण्डे
जमिन वाझोँ र घर रित्तो बने ः मुख्यमन्त्री पाण्डे
गोरखा ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जमिन वाझो हुने र गाउँका घर रित्तो हुने दर वढेको भन्दै चिन्ता जनाएका छन् ।
पालुङटार नगरपालिका–९ स्थित खारखोलामा नवननिर्मित मोटरेवल पुलको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पाण्डेले गाउँबाट शहर जाने र शहरबाट विदेश जाने परिपाटी वढेको बताए । ‘पहिले पाँच सय जना वस्ने गाउँमा अहिले सय जनाको जनसंख्या छ, बाटो, विजुली, स्वास्थ्य चौकि वनेका छन्’ उनले भने,‘विकासको काममा राज्यलाई वरावरी खर्च लागेको छ, तर जुन रेसियोमा प्रतिफल पाउनुनर्पे हो, जनताले पाएका छैनन् ।’ जमिन वाझिने, घर रित्तो हुने र कामको खोजिमा विदेशमा भौतिरिने परिपाटी देखिएको उनले बताए । ब्यवसायीक कृषिमा लागेर स्वदेशमै केहि गर्न सकिने उनको भनाई छ । ‘उत्पादन गर्नुस वजारको ग्यारेन्टी सरकारले लिन्छ,’ उनले भने,‘ कृषि पेशामा छौ भन्न लाज मान्छौ, काम जे गरेपनि हुन्छ उत्पादनमा जोडिनुस् ।’ पछिल्लो समय कृषिमा पनि आधुनिक प्रणाली भित्रिएको उनले बताए । विदेश वसेर नेपाललाई गालि गर्ने परिपाटी देखिएकोमा पनि उनले चिन्ता जनाए । ‘केहि भएन, केहि गर्न सकिदैन भन्ने निराशाजन अभिब्यक्ती दिने परिपाटी छ,’ उनले भने,‘सकरात्मक सोचका साथ अघि वढ्यौ भने केहि गर्न सकिन्छ ।’ मातृभुमि प्रति पनि केहि कर्तब्यवोध गर्न उने आग्रह गरे ।