नयाँ वर्षमा दोस्रो रैथाने खाना महोत्सव हुने
नयाँ वर्षमा दोस्रो रैथाने खाना महोत्सव हुने
गोरखा ः नयाँ वर्षको अवसरमा दोस्रो रैथाने खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा चैत २६ गते देखि वैशाख २ गते सम्म महोत्सव हुन लागेको हो ।
गोरखा जिल्लामा रहेका स्थानीय रैथाने खानाको प्रवद्र्धन गर्ने उदेश्यका साथ महोत्सव हुन लागेको आयोजक होटल संघ गोरखाले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । महोत्सवमा विविध लोपोन्मुख सास्कृतिक कार्यक्रम, औद्योििगक कृषि तथा पशुपंक्षी प्रदर्शनी, खाना महोत्सव र कन्सर्ट कार्यक्रम विशेष आकर्षण रहेको छ । नयाँ वर्षको २०८२ लाई विशेष बनाउन मध्यान्न, लेकाली, डिमर्चा, देउराली, कन्दरा, भगाब्याड व्रोसिससजस्ता ब्यण्डको प्रस्तुती रहेको छ । मेला गोरखा नगरपालिकाले घोषणा गरेको पर्यटन वर्ष लक्षित रहेको पनि होटल संघले जनाएको छ । महोत्सवमा गोरखा जिल्ला भित्रका मावि÷उमावि स्तरीय विभिन्न नृत्य प्रतियोगिता÷शैक्षिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकाहरुको सागििितक कार्यक्रम प्रस्तुती तथा विभिन्न जातिय भेषभुष प्रदर्शनी÷ रैथाने खाना प्रतियोगिता पनि हुने होटल संघका महासचिव सुमन श्रेष्ठले बताए । लोह हुँदै गएका विभिन्न जातिय भेषभुष र रैथाने खानाको प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै प्रष्फुटन हुन नसकेका जातजातिका भेषभुषा र रैजाने खानालाई वाहिर उजागर गर्न महोत्सवले सघाउने विश्वास लिइएको छ । ‘गोरखा जहाँ इतिहास जिवित छ’ शिर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । त्यस्तै गोरखा नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरु विच विज्ञान प्रयोगतात्मक शैक्षिक प्रदर्शनी पनि मुख्य आकर्षकको रुपमा रहेको छ । आन्तरिक तथा वाह्य क्षेत्रमा जिल्लाको चिनारीलाई प्रचार प्रसार गर्ने, जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप गर्न प्रयत्न गर्ने, गोरखाको विरता र गाथाको प्रष्फुटन गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको हो