बलत्कारको आरोपमा एक जना पक्राउ
बलत्कारको आरोपमा एक जना पक्राउ
१९ बर्षिय किशोरीलाई वलत्कार गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–८ का सुचन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १४ गते सुस्तमनस्थीति भएकी किशोरीलाई वलत्कार गरेको भन्दै पिडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार पक्राउ परेका आरोपित विरुद्ध आइतबार जिल्ला अदालतमा हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।