लागु औषध सहित दुइ जना पक्राउ
लागु औषध सहित दुइ जना पक्राउ
लागु औषध सहित दुइ जना पक्राउ परेका छन् । शहिद लखन गाउँपालिका–६ घैरुङका विशाल वसेल र भिमसेन थापा गाउँपालिका–१ का नरेश वरामलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार गोरखा नगरपालिका–६ स्थित घ्याम्पेशाल वसपार्कमा सस्कास्पद अवस्थामा फेला परेका वसेललार्ई प्रहरीले खनतलासी गर्दा डाइजोपाम, एम्पुल, फेनेरागन, नोफिन र आइपिपिएल फेला परेको थियो । उनलाई सोधपुछका क्रममा वराम सँग खरीद गरि लिएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहीले गोरखा नगरपालिका–६ मा रहेको बरामको कोठा खनतलासीको क्रममा २१ थान एम्पुल, ४६ थान नोफिन, ६७ थान एम्पुल र फेनेरागन गरि २०१ वटा एम्पुल फेला पारी वरामद गरेको थियो । पक्राउ परेका दुवै जना विरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरेर जिल्ला अदालत गोरखाबाट हिरासतमा राख्न म्याद थप अनुमति समेत लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।