लियो जिल्ला परिषद् ३२५ जे नेपालको अध्यक्षमा गोरखाका बालकृष्ण परियार निर्बाचित
लियो जिल्ला परिषद् ३२५ जे नेपालको अध्यक्षमा गोरखाका बालकृष्ण परियार निर्बाचित
गोरखा : अन्तरास्ट्रिय सामाजिक सस्था लायन्स कल्ब डिस्ट्रीक ३२५ जे नेपाल अन्तरगत लियो जिल्ला परिषद् ३२५ जे नेपालको बर्ष २०२५/२६ को जिल्ला अध्यक्षमा गोरखाका बालकृष्ण परियार निर्बाचित भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, काठ्माडौंमा शनिबार सम्पन्न भएको तेस्रो अधिवेशनमा परियारले अत्याधिक मत प्राप्त गरेर जिल्ला अध्यक्षमा निर्बाचित भएका हुन् ।
लायन वर्ष २०२४/२५ का जिल्ला अध्यक्ष लियो सविन भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लियो क्लव चियरपर्सन लायन रुद्र बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो ।
१० बर्ष देखि निरन्तर लियो यात्रामा सकृय रहि लियो क्लव अफ गोरखाको अध्यक्ष हुदै लियो जिल्ला परिषद् ३२५ जे नेपालको जिल्ला सचिव र जिल्ला उपाध्यक्ष पदमा रहेर सामाजिक कार्य गरिसकेका परियार गोरखा जिल्ला भिमसेन थापा गाँउपालिका–४ धावा घर भई विगत १० वर्ष देखी गोरखा बजारमा व्यवसाय गर्दै समाजिक कार्यमा सक्रृय रहेका छन् ।
त्यस्तै गरि जिल्लाको उपाध्यक्षमा लियो क्लव अफ काठ्माडौं मिलन लियो आशिस थापा निर्बाचित भएका छन् भने अध्यक्ष परियारले जिल्ला सचिबमा लियो क्लव अफ पोखरा चौतारीका निर्वतमान अध्यक्ष लियो सहनसिल पौडेल, जिल्ला कोषाध्यक्षमा लियो क्लब अफ काठमाडौं मिराकल फेमिलेका लियो दान बहादुर थापा र चिफ रिजन कोडिनेटरमा लियो क्लव अफ काठ्माडौं बालाजु हाइटको पुर्व अध्यक्ष तथा रिजन कोर्डिनेटर लियो विनीता बोगटीलाई मनोनित गरेका छन् भने बाकि पदमा पछि मनोनित गर्ने परियारले बताए ।
लियो बालकृष्ण परियार जिल्ला अध्यक्षमा निर्वाचित हुँदा ३८ वर्षको लियो इतिहास बोकेको लियो क्लव अफ गोरखाको छुट्टै पहिचान बनेको लियो क्लव अफ गोरखाको अध्यक्ष लियो मिलन उपरकोटीले बताए ।