४२ बर्षिय थापा ८ कक्षामा भर्ना
४२ बर्षिय थापा ८ कक्षामा भर्ना
गोरखा ः भनिन्छ, ‘पढ्ने इच्छा शक्तिलाई उमेरले छेक्दैन ।’ यहि उदाहरण वनेकी छिन्, गण्डकी गाउँपालिका–२ दलभञ्ज्याङकी ४२ बर्षिय तिलमायाँ थापा मगर ।
उनी यसै शैक्षिक शत्रबाट गण्डकी–६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी छिन् । विद्यालय पोशाकमा कापि, किताव वोकेर छोराछोरी उमेरका सहपाठी सँगै विद्यालय जान थालेकी छिन् । थापालाई सोमबार गण्डकी गाउँपालिकाका अध्यष दिपक तिमल्सीनाले विद्यालयमा पुगेर स्वागत गरे । ७ कक्षा अध्ययन गर्दै गर्दा विवाह भएपछि उनले पढाईलाई निरन्तरता दिन पाएकी थिइनन् । रहर हुँदा हुँदै पनि विद्यालय जान नपाएकी थापा यो बर्षबाट पुन विद्यालय भर्ना भएकी हुन । ४२ बर्षको उमेरमा उनि पुन विद्यालय जान थालेकी हुन् । उनका दुइ छोराहरु स्नातक तहको अध्ययन गर्दै आएका छन् । उनी आफ्नै इच्छाले विद्यालय पुगेर भर्ना भएकी थिइन् । पड्ने मन भएपछि उमेरले नछेक्ने उदाहरण थापा वनेको विद्यालयले जनाएको छ । शिक्षालाई जिवनको अनिवार्य यात्राको रहेको र सिकाईको यात्रा नरोकिने सन्देश पनि उनले दिएकी छिन् ।