४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
गोरखा ः लियो क्लव अफ गोरखाले ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । अजिरकोट गउँपालिका–४ बालुवाको जीवन ज्योति माध्यामीक विद्यालयको १ कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको लियो क्लव अफ गोरखाका कार्यक्रम सम्योजक रवि बोगटीले बताए ।
विद्यालयका अध्ययन गर्ने विपन्न रजेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । कक्षा १ देखि ३ कक्षाका विद्यार्थीहरुलाई एक दर्जन कापि र कलम वितरण लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । ४ देखि १० कक्षाका विद्यार्थीलाई एक दर्जन कापि र पेन वितरण गरिएको उनले बताए ।