भिमसेन थापालाई पुर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा
भिमसेन थापालाई पुर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा
गोरखा ः भिमसेन थापा गाउँपालिकालाई पुर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
१५ महिना भित्रका १६३ र १६ देखि ५९ महिना सम्मको बालवालिकालाई नियमित खोप सेवा प्राप्त गरेको र १ जना आंशिक मात्रा खोप छुट भएको पाईएकोमा उत्त वच्चालाई नियमित खोप सेवा मार्फट छुट खोप प्रदानगरि पुर्ण खोपयुत्त बनाइएपछि पुर्ण खोप शुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । १६ देखि २३ महिना सम्मका कुनै पनि बालवालिका लाईहरु तोकिए वमोजिम खोप पाउनबाट वन्चित नभएको एकिन पश्चात पुर्ण खोप शुनिश्चितता गरिएको गाउँपालिकाले जनाएको छ । भिमसेन थापा गाउँपालिका अन्तर्गतका ११ वटा संस्थागत र ५ वटा बाह्य खोपकेन्द्र गरि १६ वटा खोप केन्द्र मार्पmत हरेक महिना ११ देखि १३ गते तोकिएकको खोप केन्द्रहरुबाट नियमित रुपमा खोप सेवा प्रदान गरिदै आएको पनि जनाइएको छ ।