फुटबल प्रतियोगितामा ६ खेल सम्पन्न
फुटबल प्रतियोगितामा ६ खेल सम्पन्न
गोरखा ः प्रथम खुल्ला ७ ए साईड फुटबल प्रतियोगितामा तेस्रो दिन ६ खेल सम्पन्न भएको छ । गोरखा नगरपालिका–६ हरमटारी खेल मैदानमा ‘गोरखा जहाँ इतिहास जीवित छ’ भन्ने मुल नाराका साथ हरमटारी जुनियार क्लव द्धारा प्रतियोगिता आयोजना गरिएको हो ।
मंगलबार चाइनिजधारा फेमली क्लव र सुर्यदय युव क्लव विच भएको खेलमा पेनाल्टीमा चाइनिजधारा फेमली क्लव विजयी बनेको छ । त्यस्तै हिल्डीफिल्डर्स र शहिद लखन विच भएको खेलमा २–१ गोल अन्तरले शहिद लखन विजयी बनेको छ । धारापानी एफसि र नयाँसाघुँ विच भएको खेलमा पोनाल्टीमा नयाँसाघुँ विजयी भएको छ भने विसालनगर र खहरे विच भएको खेलमा १–० गोल अन्तरले खहरे विजयी बनेको छ । हिमालयन बगैचा आरुघाट र छहरे एफसि गोरखा विच भएको खेल पोनाल्टीमा छहरे एफसि, गोरखा विजयी बनेको आयोजकले जनाएको छ । सतिपिपल एफसि र मास्कीछाप विच भएको खेलमा २–० गोल अन्तरले मास्कीछाप विजय बनेको छ । प्रतियोगितामा पहिलो बन्ने टिमले ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो बन्ने टिमले १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विविध तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीप्पर र उच्च गोल कर्तालाई एक÷एक हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।