भौतिक पुर्वाधारको काममा दुइलाख भन्दा रकम विनियोजन नगर्ने

भौतिक पुर्वाधारको काममा दुइलाख भन्दा रकम विनियोजन नगर्ने


आइतवार, असार ८, २०८२


भौतिक पुर्वाधारको काममा दुइलाख भन्दा रकम विनियोजन नगर्ने

वडाको केन्द्र जोड्ने सडकलाई प्राथमिकता

गोरखा ः गण्डकी गाउँपालिकाले टुक्रे तथा साना योजनालाई भन्दा दिगो विकासमा जोड दिँदै गाउँपालिकाबाट भौतिक पुर्वाधारको कार्यमा दुइलाख भन्दा रकम विनियोजन नगर्ने नीति लिएको छ ।
वडास्तरबाट समेत पुर्वाधारको कार्यमा १ लाख भन्दा साना बजेटको योजना तर्जुमा नगर्ने ब्यवस्था मिलाउने र आयोजनाको अनुगमन तथा मुल्याङकन नतिजामुलक बनाउने नीति लिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष दिपक तिमल्सीनाले गाउँ सभाको १८ औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडाद्धारा प्राथमिकतामा राखिएका गाउँपालिका केन्द्र जोड्ने दिगो सडक पुर्वाधार एवं गाउँपालिका तथा गौरवका सडक स्तरोउन्नती सम्वन्धी आयोजना संचालन गर्ने बताए । कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिई थप विस्तारि करण तथा प्रचार प्रसार गर्ने, दिगोकृषि उत्पादन र बातावरण संरक्षण गर्न विषादी न्यूनिकरण, प्राङगरिक मल उत्पादन एवं अर्गानिक खेती प्रवद्र्धन सम्वन्धी कार्यक्रम संचालन गर्ने, खाली र वाँझो जग्गामा स्थानीय जलवायु सुहाउँदो उपयुत्त प्रजातिको पकेट क्षेत्र पहिचान गरी फलफुल सहितको कृषि वन प्रणलीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘आफ्नै सिप आफ्नै कम ः नखाऔँ है खाडीको घाम’ भन्ने अभियान मार्फत युवा जनशक्तिलाई सीपमुलक तालिम, उद्यमशिलता विकास तथा प्रविधि सहितको स्वरोजगार हुन र स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग सचंचालन गर्न प्रोत्साहित गर्ने, आधुनिक प्रविधिको प्रयोगगरी स्थानीय रुपमा उत्पादन हुने मदिराको गुणस्तर वृद्धि गर्दै व्राण्डिङ एवं बजारीकरण गर्ने कार्यलाई अझै ब्यवस्थित गर्दै अगाडी वढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । “सुन्दर र हरियाली सडक” बनाउने र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रको स्थापना गर्ने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले स्थानीय स्रोत र सीपमा आधारित घरेलु तथा लघु उद्योगहरूको प्रवद्र्धनमा विशेष जोड दिने पनि उल्लेख छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda