एक वर्षमा गोरखाबाट मात्रै १० हजार बढी बैदेशिक रोजगारीमा
एक वर्षमा गोरखाबाट मात्रै १० हजार बढी बैदेशिक रोजगारीमा
गोरखा ः चालु आर्थिक बर्ष २०८१÷८२ मा मात्र गोरखा जिल्लाबाट १० हजार ७ सय ९८ जना श्रम स्वीकृती लिएर वैदेशिक रोजागारीमा गएका गएका छन् ।
शनिबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तगरत उपलब्धी, बैदेशिक रोजगारीको अवसर र चुनौती विषयक अन्तरक्रिया भएको थियो । कार्यक्रममा बैदेशिक रोजगारीको सन्दर्भ, गण्डकी प्रदेशमा बैदेशिक रोजगारीको अवस्था, सुरक्षित आप्रवासन कार्यक्रमको जानकारी र जिल्लामा सञ्चालित क्रियाकपलाहरु बारे छलफल भएको थियो । २०८०÷८१ मा गण्डकी प्रदेशबाट १ लाख १ हजार ६ सय ६७ जनाले श्रम स्वीकृति प्रदान गरिएको तथ्याङकमा उल्लेख छ छ । आर्थिक बर्ष २०७९÷८० मा गोरखाबाट वैदेशिक रोजगारमा गएका १९ जनाको मृत्यू भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आर्थिक बर्ष २०८०÷८१ मा १९ र २०८१÷८२ को बैशाख मसान्त सम्म १५ जनाले बैदेशिक रोजगारीमा रहको वेला मृत्यू भएको थियो । त्यस्तै गोरखा जिल्लाका ११ पालिकाहरु मध्ये ७ वटा पालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा समेटिएको छ । धार्चे, गण्डकी, भिमसेन थापा र चुमनुब्री गाउँपालिका समेटीन बाकी रहेको सामी कार्यक्रमका चन्द्र देवकोटाले जानकारी दिए । सामी कार्यक्रम अन्तरगत मनोसामाजिक परामर्श सेवाबाट गोरखा नगरपालिकामा १७ जना,पालुङटार नगरपालिकाबाट ३० जना, बारपाक सुलिकोटबाट २० जना, शहिद लखन गाउँपालिकाबाट १८ जना, आरुघाट गाउँपालिकाबाट ४ जना, अजिरकोट गाउँपालिका २ गरि जम्मा ९१ जनालाई सेवा प्रदान गरिएको तथ्याङकमा तथ्याङ्कमा उल्लेख छ ।