चुमनुव्रीको बजेट ४६ करोड
चुमनुव्रीको बजेट ४६ करोड
शासकीय भवन निर्माणका लागि दुइ करोड २० लाख
गोरखा ः चुमनुव्री गाउँपालिकाले ४६ करोड ४ लाख ५१ हजार रुपैयाँको वजेट सार्वजनिक गरेको छ । असार ३ गतेको चुमनुवी गाउँपालिकाले गाउँ सभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मि गुरुङले चालु तर्फ २८ करोड २० लाख र पुँजिगत तर्फ १७ करोड ८४ लाख वरावरको बजेट सार्वजनिक गरेकी हुनु ।
नेपाल सरकारको वित्तिय समानीकरण अनुदानबाट ८ करोड ७३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँडबाट ११ करोड ९८ लाख, ससर्त अनुदान १० करोड ३ लाख, विशेष अनुदान १ करोड १० लाख, समपुरक अनुदान १ करोड स्रोत रहने अनुमानगरिएको छ । त्यस्तै प्रदेश राजश्व वाडाबटबाट ९७ लाख, आन्तरिक राजश्वबाट १ करोड ५५ लाख ६८ हजारको आधारमा मानेर चुमनुव्री गाउँपालिकाले बजेट ल्याएको हो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि दुइ करोड २० लाख वजेट विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिका केन्द्र सडक संजाल सँग जोड्नका लागि संघीय सरकारबाट १ करोड बजेट प्राप्त भएकोमा लागत साझेदारीका लागि २५ लाख विनियोजन गरिएको छ । त्यस्तै चुमनुव्री गाउँपालिका अन्तरगतका विभिन्न पदमार्गहरुको स्तरोन्नती गरी गुणस्तरीय तथा सुरक्षित पदमार्ग निर्माणका लागि पर्यटन वोर्डसँग लागत साझेदारी गर्नका लागि १ करोड, पर्यटन सभावना तथा पर्यटकीय गन्तब्यको विकास तथा प्रवद्र्धैनका लागि चुमनुव्री गाउँपालिका पर्यटन गुरुयोजना निर्माणका लागि पनि वजेट विनियोजन गरिएको छ । बजेटमा गाउँपालिका भित्रका ऐतिहासिक, सास्कृतिक, धार्मिक, पुरातात्वीक, मौलक र प्राकृतिक सम्पदाहरुको पहिचान,संरक्षण प्रवद्र्धन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वुर्ण आधारको रुपमा पर्यटन उद्योगको विकास गर्न उच्च आर्थिक वृद्धि, उत्पादन रोजागरी र आयको वितरणलाई टेप पु¥याउने सभावना वोकेको पर्यटन क्षेत्रको विकासलाई जोड दिइएको छ । त्यस्तै सिद्ध गणेश आधारभुत विद्यालय, सेराङी गुम्वा आधारभुत विद्यालय, नुव्री आधारभुत विद्यालय र श्रृङगी हिमाल आविका लागि पालिकाको तर्फबाट छात्रावास सुविधाका लागि २२ लाख ५० हजार, सिद्ध गणेश आवि छात्रावास भवन निर्माण सम्पन्न गर्नका लागि संघीय विशेष अनुदानबाट स्रोत सुनिश्चत गराई एक करोड १० लाख विनियोजन गरिएको छ ।