शहिद लखनका ६० जना किसानलाई घाँसका बेर्ना तथा विउ वितरण
शहिद लखनका ६० जना किसानलाई घाँसका बेर्ना तथा विउ वितरण
गोरखा ः शहिद लखन गाउँपालिका–४ ले घाँसका बेर्ना तथा विउ वितरण गरेको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत स्तरउन्नती तर्फका लघु उद्यमिहरुलाई घाँसका बेर्ना तथा विउ वितरण गरिएको हो । मंगलबार मेड्पा संस्था द्धारा निर्माण भएको कुषि समुहको ६० जनालाई बेर्ना तथा विउ वितरण गरिएको शहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यम बहादुर थापाले बताए । राईखनायोको बेर्ना ७ सय, बडहरको बेर्ना ५ सय, निभारोको बेर्ना २ सय, सुपर नेप्पियर बेर्ना २ सय, रेड नेप्पियर बेर्ना १ सय र घासको विउ ३ किलो वितरण गरिएको उनले बताए ।