गोरखा नगरपालिकाको वजेट ९९ करोड ३१ लाख
गोरखा नगरपालिकाको वजेट ९९ करोड ३१ लाख
गोरखा ः गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ९९ करोड ३१ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको १७ औँ नगरसभामा नगर उपप्रमुख मसली मायाँ थोकरले बजे प्रस्तुत गरेकी हुन् ।
नेपाल सरकार समानिकरण अनुदान तर्फ २० करोड ७९ लाख, सशर्त अनुदान तर्m ४४ करोड २९ लाख, समपुरक अनुदातर्फ ९१ लाख, विशेष अनुदान तर्फ ८२ लाख आय अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकार समानीकरण अनुदान तर्फ ३ करोड ८ लाख ३४ हजार, विशेष अनुदान तर्फ ४० लाख, समपुरक अनुदान तर्फ ६० लाख, सशर्त अनुदान तर्फ दुइ लाख, नेपाल सरकार राजश्व बाँडफवाँड तर्फ ११ करोड ६९ लाख, प्रदेश सरकार राजश्व वाँडफाँड तर्फ १ करोड ६१ लाख २६ हजार, आन्तरिक आयतर्फ ६ करोड, क्रमागत योजना वैक मौज्दात तर्फ ६ करोड, सडक बोर्ड नेपालको ७० लाख, नगर विकास कोष तर्फ ४० लाख आय अनुमान गरिएको उनले बताइन् । त्यस्तै उत्त बजेट मध्ये ४४ करोड २९ लाख तोकिएको शिर्षमा खर्च हुने, संघीय विशेष अनुदान २ लाख पोषण मैत्री नगरपालिकाको लागि खर्च हुने उनले बताइन् । प्रदेश विशेष अनुदान तर्m ४० लाख फोहरलाई मोहर बनाउने अभियानमा खर्च हुने, संघीय समपुरक अनुदानमा ९१ लाख गोरखा बजारको वसपार्क देखि खोलखोले सम्मको सडक विस्तार, फुटपाथ निर्माणमा नगरपालिकाको तर्फबाट ६० प्रतिशत थप गरि खर्च हुने छ । प्रदेश समपुरक अनुदान तर्फ ६० लाख सोहि शिर्षकमा र ५० प्रतिशत नगरपालिकाको तर्फबाट विनियोयजन हुने छ । नगरपालिकाको सम्पुर्णे चालु, प्रशासनिक र कार्यालय प्रकृतिको कार्य गर्न १८ करोड खर्च हुने अनुमान गरिएको छ । नगरसभामा नगरप्रमुख कृष्ण वहादुर रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।