गण्डकीको गाउँसभा कांग्रेस एमालेद्धारा वहिष्कार
गण्डकीको गाउँसभा कांग्रेस एमालेद्धारा वहिष्कार
गोरखा ः गण्डकी गाउँपालिकाको गाउँसभा कांग्रेस एमाले जनप्रतिनिधिले वहिष्कार गरेका छन् । सोमबारको गाउँसभामा कांग्रेस एमालेका जनप्रतिनिधि सहभागी नवनेका हुन् ।
गाउँपालिकाको प्रशासकीय भवनको विषयमा राजनैनिक दलसँग राजनैनिक सहमतिको प्रयास नगरिएको कांग्रेस एमालेले निकालेको संयुत्त प्रेस विज्ञेप्तीमा उल्लेख छ । गाउँपालिकाले वैशाख महिनामा नै बजेटको सिलिङ ल्याएको, गाउँपालिकाले लिने विभिन्न करहरु दायरा फरक बनाउनुपर्नेमा करको दर बढाई जनतामैत्री नभएको भनी ज्ञानपत्र र ध्यानाकर्षण गराउँदा समेत अझै परिमार्जन नभएको, उत्पादनमा आधारित कृषि अनुदानहरु प्याकेजमा वैज्ञानिक मापदण्ड लागु नगरिएको, विकास निर्माणहरु वितरणमुखी भएको जनतामैत्री नभएको भन्दै कांग्रेस एमाले जनप्रतिनिधिले गाउँसभा वहिष्कार गरेका हुन् । गाउँपालिकाले कार्यपालिका बैठक नवसी गाउँसभा तोक्ने, वडाको बजेट सिलिङ समय अगावैपठाउने, प्रशासनीक भवनको विषयमा निरन्तर प्रस्ताव राखिराख्ने लगायतका विषयमा उनिहरुले विरोध जनाएका हुन् । गण्डकी गाउँपालिकाको ४२ सदस्यीय गाउँसभामा अध्यक्ष सहित २८ सदस्य माओवादी निकट र उपाध्यक्ष सहित १४ सदस्य कांग्रेस एमाले निकट छन् । उपाध्यक्ष ललिता अधिकारीले वैठकमा अनुपस्थित भएपछि गाउँसभा सदस्य तुलसी रेग्मीले सोमबारको गाउँसभामा वजेट प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष दिपक तिमल्सीनाले ९ पटक सम्म वैठक वहिष्कार गरेपछि स्पष्टिकरण सोधिएको बताए । स्थानीय सरकार संचालन ऐनको दफा ४४ बमोजिम तिन दिनको स्पष्टिकरण सोधिएको उनले बताए । ‘गाउँसभामा नै उपस्थिति नहुने भएपछि गाउँसभामामा स्पष्टिकरण सोध्ने कुरा आयो, सोहि अनुसार स्पष्टिकरण सोधेका छौँ,’ उनले भने