११ स्थानीय तहले ल्याए आगामी वर्षका लागि बजेट
११ स्थानीय तहले ल्याए आगामी वर्षका लागि बजेट
गोरखा ः जिल्लाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।
मंगलबार गोरखा नगरपालिका, धार्चे, आरुघाट, सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट गाउँपालिकाले गाउँसभा वजेट पेश गरेका थिए । केहि पालिकाले भने यस अघि नै बजेट सार्वजनिक गरिसकेका छन् । गोरखा नगरपालिकाले ९९ करोड ३१ लाख ६० हजार, पालुङटार नगरपालिका ः ८४ करोड ६१ लाख १३ हजार, गण्डकीले ६४ करोड ३० लाख, बारपाक सुलिकोटले ६४ करोड ७३ लाख ४९ हजार, अजिरकोट गाउँपालिका ः ४६ करोड ८५ लाख २९ हजार बजेट ल्याएको छ । त्यस्तै चुमनुव्रीले ४२ करोड ४ लाख ५१ हजार ९ सय, भिमसेन थापाले६१ करोड ३२ लाख ७८ हजार, शहिद लखनले ५९ करोड ८२ लाख, धार्चेले ४७ करोड ९५ लाख ७० हजार ६ सय ९१,सिरानचोक ६८ करोड १५ लाख ८ हजार ९९,आरुघाटले ६० करोड ८६ लाखको बजेट ल्याएको छ ।