किशोरी संजालको अध्यक्षमा गुरुङ
किशोरी संजालको अध्यक्षमा गुरुङ
गोरखा ःबारपाक सुलिकोट गाउँपालिका स्तरीय किशोरी संजालको अध्यक्षमा सविना गुरुङ चयन भएकी छिन् ।
बारपाक सुलिकोट गाउँपालिकाको ८ वटै वडालाई समेटेर १७ सदस्यीय संजाल गठन गरिएको गाउँपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्दिरा बरालले बताइन् । संजालको उपाध्यक्षमा संगिता बराम, कोषाध्यक्ष समिक्षा अंगाई, सचिवमा वापिना गुरुङ, सह–सचिव विपिसा दवाडी गरि १२ सदस्य चयन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका भित्र किशोरी शिक्षा प्रदान गर्न, कुरीति बिरुद्ध आवाज उठाउन र जनचेतना फैलाउने उद्धेश्यले संजाल गठन गरिएको उनले बताइन् । संजाल गठनको क्रममा सवै क्षेत्रका बालवालिका समेटेर सदस्यहरु चयन गरिएको उनले बताईन् । बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रिय सदस्य भगवती तिवारी, वडा नम्वर ७ का वडाध्यक्ष कृष्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।