१२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकियो
१२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकियो
गोरखा ः बर्खे धान खेती हुने १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष किसानले असारको सुरुवात देखि नै धान रोपाइँ शुरु गरेका हुन् ।
असार १५ सम्म १२ प्रतिशत क्षेत्रफलमा धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । गोरखाको १० हजार एक सय ४० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ । गोरखामा सावित्रि, राम धान, सुख्खा २, मकवानपुर लगायत रैथाने धान खेती हुँदै आएको छ । त्यस्तै आइतबार राष्टिूय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रम गरि मनाइएको छ । ‘धान वालिमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्र र गोरखा नगरपालिकाको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटार स्थित बर्बले चौरमा रोपाई महोत्सव गरिएको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि धान दिवस विविध कार्यक्रम गरि मनाएका छन् ।त्यस्तै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराइले पनि आफ्नै खेतमा धान रोपेर धान दिवस मनाएका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङ वेलवासमा रहेको खेतमा भएको रोपाइँमा भट्टराई सहभागी वनेका हुन् । भट्टराइले वाउसे गर्नुका साथै धान रोपे भने हाते ट्याक्टर चलाएका थिए । प्रत्येक वर्ष असार १५ मा भट्टराई धान दिवसमा सहभागी वन्ने गरेका छन् । स्थानीय मण्डली महिला कृषक क्लव र कृषि ज्ञान केन्द्र गोरखाको समन्वयमा वेलवासमा धान रोपाईँ भएको थियो । भट्टराइले धान रोपाइँ गरेको खेत छोरी मानुसी यमिको नाममा रहेको छ । धान दिवसमा स्थानीय सहित नयाँ शक्तिका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।