निर्माण व्यवसायी संघ गोरखाले ३ पदाधिकारी चयन
निर्माण व्यवसायी संघ गोरखाले ३ पदाधिकारी चयन
गोरखा ः निर्माण ब्यवसायी संघ गोरखाले तिन जना पदाधिकारी चयन गरेको छ । सोमबारको पहिलो वैठकबाट उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गरिएको हो ।
बैठकले बरिष्ठ उपाध्यक्षमा भोला प्रसाद मरहट्टालाई चयन गरेको छ । महासचिवमा दिनेश गुरुङ र कोषाध्यक्षमा सबिन बस्नेत चयन भएका छन् । जेठ २९ गते सम्पन्न भएको निर्वाचन पछी निर्माण ब्यवसायी संघ गोरखाको पहिलो बैठक तिन पदाधिकारी चयन गरेको हो । ६ पदाधिकमारी मध्ये वाँकी अर्को वैठकबाट चयन गरिने जनाइएको छ । द्वितिय उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष चयन हुन वाँकी छ । जेठ २९ गते बिहीबार भएको अधिवेशनबाट सुर्य भण्डारीको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति निर्वाचित भएका थिए