पालुङटार नगरपालिकामा किसानको सुचिकरण
पालुङटार नगरपालिकामा किसानको सुचिकरण
गोरखा ः पालुङटार नगरपालिकाले नगर क्षेत्रको किसानको सुचिकरण गरेको छ । चालु आर्थिक वर्ष ६, ७, ८, ९ र १० का मा दुइ हजार एक सय ९७ किसान सुचिकरण भएको नगरपालिकाले जनाएको छ ।
वडा नम्वर ४ र ५ मा आगामी आर्थिक वर्ष सुचिकरण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बास्तविक किसानको पहिचानका लागि सुचिकरण गरिएको पनि नगरपालिकाले जनाएको छ । दुध र मासुमा आत्मनिर्भर भन्ने रणनितिलाई आत्मसाथ गर्दै पालुङटरा नगरपालिका वडा ७ को जुडिखोला, ८ को दुभार, ९ को शेरा र ४ को वडडाँडामा कृषि तथा पशु विकास कार्यक्रम संचालन गरिएको छ । हाल दैनिक २ हजार ५० लिटर दुध निर्यात भइरहेको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले चालु आर्थिक वर्ष भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सँगको सहयकार्यमा पशु पचौपायको गणना पनि सम्पन्न गरेकिो छ । गणना अनुसार ४ हजार ४ सय गाई, ६ हजार ४ सय ९२ भैसी, ३९ हजार तिन सय ४० बाख्रा, १ हजार ८ सय ६ वंगुर, २ हजार तिन सय ८२ कुकुरको संख्या एकिन गरिएको छ । त्यस्तै पालुङटार ६, ७ र ८ मा लिछिच ब्लक क्षेत्रको रुपमा विकास गरी ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरएको, वडा नम्वर ९ र १० मा अमिलो जातको फलफुल उत्पादन पकेट क्षेत्र विकास, वडा न्मवर १, २र ३ मालाई अमिलो जातको फलफुल पकेट क्षेत्रको रुपमा विकासका निम्ति कृििष ज्ञान केन्द्र गोरखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सँग सहकार्य गरि योजना तथा कार्यक्रम संचालन गरिएको पनि जनाइएको छ । आलुबाली पकेट क्षेत्र संचालनका लागि २५ मेटूीक टन आलुको विउ ५० प्रतिशत अनुदानमा नगरपालिकाले चालु आर्थिक वर्ष वितरण गरेको थियो । यो वर्ष १ सय २५ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गरिएको पनि नगरपालिकाले जनाएको छ । खाद्य सुरक्षाका लागि मकै, गहुँ तथा धान बाली प्रवद्र्धनका लागि २.६ मेटिूक टन उन्न्त मकैको विउ, २५ मेटिूक टन उन्नत जातको धानको विउ वितरण, गहुँ बालीको विस्तारका लागि १ मेटिूक टन उन्नत जातको गहुँको विउ पनि नगरपालिकाले किसानलाई चालु आर्थिक वर्ष वितरण गरेको थियो ।